शुक्रबार, ०४ माघ २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको दिन चम्कियो सेयर बजार, २५ अंकको वृद्धि

बिहीबार, १६ वैशाख २०७८, १५ : ५६
बिहीबार, १६ वैशाख २०७८

निषेधाज्ञाको दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो । यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । 
यस दिन होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा  वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो । ट्रेडिङ, हाइड्रोपावर र अन्य समूहहरु बढी चम्किएका छन । ३ कम्पनीको भाउ बढेर सर्किट लागेको छ ।
सिंगटी हाइड्रो इनर्जीको सेयर सर्किट लाग्ने गरी बढेको हो । यसको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो महिला लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । 
खरिदबिक्री रकममा ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा छ । दोस्रोमा शिवम् र तेस्रोमा हिमालय पावर पार्टनर परेका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप