बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविनले ल्याए ‘एउटै तस्विर’

बिहीबार, १६ वैशाख २०७८, १५ : ३५
बिहीबार, १६ वैशाख २०७८

 हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत ‘एउटै तस्विर’ सार्वजनिक भएको छ । गीतमा शब्द दीपेन्द्र के थापाको छ ।
गीतको भिडियोमा दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भिम बिष्ट र मोडल पुनम गौतमको अभिनय रहेको छ ।
भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन उमेर समूहका पुरुषहरूलाई देखाइएको छ । माइकल चन्दले निर्देशन गरेको भिडियोमा छायाँंकन उत्सव दाहाल र सम्पादन शिलन लम्सालको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप