बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई करोड ५५ लाख बढी मूल्यका उपकरण प्रयोगविहीन बन्यो

बिहीबार, १६ वैशाख २०७८, १५ : ०३
बिहीबार, १६ वैशाख २०७८

कोभिड–१९ नियन्त्रणका लागि महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका रु दुई करोड ५५ लाख बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् । एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु दुई करोड ५५ लाख ५२ हजार लागतमा पाँच थान भेन्टिलेटर, श्यया, मोनिटर, इकोलगायतका आइसीयू सेटका उपकरण खरिद गरी ५० श्ययाको कोभिड विशेष अस्पताल सञ्चालन गरिएको थियो ।

गत वर्षको कोरोना महामारीका बेलामा पनि भेन्टिलेटर र आइसीयू सञ्चालनका लागि दक्ष जनशक्ति नपाएर सो अस्पतालले ती उपकरण प्रयोग गर्न सकेको थिएन भने वर्षभरि नै ती सामग्री प्रयोगविहीन बनेर थन्किएका थिए । अहिले कोरोना महामारीले आक्रान्त बनेका बेला ती करोरौँका उपकरण अझै प्रयोगविहीन अवस्थामै रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले स्वीकारे । 
त्यस्तै गत वर्षमात्रै रु तीन करोड ४३ लाख खर्च गरेर बनाइएको कोभिड विशेष अस्पताल अहिले कामविहीन बनेको छ । अ
गत वर्ष सो अस्पतालमा विभिन्न शीर्षकमा गरी कोभिड नियन्त्रणका नाममा रु आठ करोड बढी खर्च गरिएको थियो । ती खर्चको कुनै सदुपयोग नभएको र त्यसमा व्यापक अनियमितता भएको स्थानीयवासी शिवचन्द्र चौधरीले आरोप लगाए । 

अस्पतालमा अहिले कोभिड महामारीको सामना गर्न कुनै तयारी नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सतिश साहले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप