मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

वाणिज्य बैङ्कहरूको नाफा आधा खर्बभन्दा बढी पुग्यो, तीन बैङ्कको नाफा उच्च

बिहीबार, १६ वैशाख २०७८, १४ : २५
बिहीबार, १६ वैशाख २०७८

कोरोना महामारीले सबै क्षेत्र प्रभावित बन्दा बैङ्किङ क्षेत्रमा भने त्यसको प्रभाव कम देखिएको छ । बैङ्कहरूले आधा खर्बभन्दा बढी नाफा गरेका छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ वटा वाणिज्य बैङ्कले ५९ अर्ब ४१ करोड ८८ लाख ४९ हजार रुपैयाँ नाफा गरेको छन् । यस आधारमा हेर्ने हो भने अधिकांश बैङ्क आकर्षक नाफामा देखिन्छन् भने ५ बैङ्कमा भने नाफा खुम्चिएको छ । चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैङ्क रहेको छ । यसको नाफा १६.५० प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ पुगेको छ । यता ग्लोबल आईएमई र एनआईसी एसिया बैङ्कको नाफा पनि ३ अर्बभन्दा माथि छ । सबैभन्दा धेरै नाफा बढ्नेमा एनएमबी बैङ्क रहेको छ । यसको नाफा ८७.८० प्रतिशतले बढेर २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश बैङ्कको प्रमुख सूचकमा आकर्षक वृद्धि भएको छ ।

गत वर्षको यसै अवधिमा (२०७६/७७ को नौ महिनासम्म) वाणिज्य बैङ्कको नाफा ५१ अर्ब २० करोड ८५ लाख ३ हजार रुपैयाँ थियो । यो २७ वटा वाणिज्य बैङ्कले कमाएको कुल नाफा हो ।

 

यता एक वर्षको अवधिमा सबै बैङ्कको चुक्ता पुँजी बढेको छ । चुक्ता पुँजीमा ग्लोबल आईएमई बैङ्कको अग्रता छ । बैङ्कको चुक्ता पुँजी १४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ । यस्तै प्रतिसेयर आम्दानीमा पनि सबैभन्दा धेरै प्रतिसेयर आम्दानी एनआईसी एसिया बैङ्कको रहेको छ । एनआईसी एसियाको प्रतिसेयर आम्दानी १९ पैसाले बढेर ३४ रुपैयाँ ८७ पैसा पुगेको छ । २७ बैङ्कमध्ये १७ बैङ्कको प्रतिसेयर आम्दानी बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा नेपाल बङ्गलादेश बैङ्क रहेको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २८ पैसाले बढेर २४ रुपैयाँ १७ पैसा पुगेको छ । ९ बैङ्कको प्रतिसेयर आम्दानी घटेको छ ।

यस्तै बैङ्कहरूको आम्दानीको स्रोत मानिएको ब्याज आम्दानी एक वर्षमा १३ बैङ्कको खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढ्नेमा कुमारी बैङ्क रहेको छ । कुमारी बैङ्कको खुद ब्याज आम्दानी ३९.०४ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड ७२ लाख १७ हजार रुपैयाँ पुगेको छ । १४ बैङ्कको खुद ब्याज आम्दानी भने गत वर्षको भन्दा घटेको छ ।

 कुन बैङ्कको नाफा कति बढ्यो ?

 (स्रोत : सम्बन्धित बैङ्कका प्रतिवेदनहरू)
 

कुन बैङ्कको सेयर आम्दानी बढी ?

स्रोत : सम्बन्धित बैङ्कका प्रतिवेदनहरू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप