कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने ३५ सवारी साधन ‘होल्ड’

कैलाली । कैलालीमा प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेमाथि कारवाही गर्न थालेको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन हुन नदिन प्रहरीले निगरानी तथा कारवाही कडा तुल्याएको हो ।
निषेधाज्ञाको पहिलो दिन बुधबार मध्यान्हसम्म कैलालीमा ३५ वटा सवारीसाधनलाई प्रहरीले होल्ड गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार पहाडी क्षेत्रबाट आएको एउटा बस, ३ वटा जिप, एउटा हाईस गरी ५ वटा सवारीसाधनलाई कैलालीको फलटुडेमा होल्ड गरेको उनले बताए । यस्तै गोदावरीमा एउटा बस, ४ वटा जिप, ११ वटा ट्रक, लम्कीमा एक मोटरसाइकल, अत्तरिया क्षेत्रमा एउटा बस, टयाक्टर २, जिप १, अटो ८, मोटरसाइकल १ होल्ड गरिएको उनले बताए ।
सबै सवारी साधनलाई बेलुकामात्र छोडिने प्रवक्ता चौधरीले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले कैलाली र धनगढी आसपासका क्षेत्रमा कडाइ गर्नुका साथै अत्यावश्यक कामबाहेक चलाईरहेका सवारी साधनलाई नियन्त्रणमा लिने काम भईरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने
-
छैटौँपटक शल्यक्रिया गराएपछि अस्पतालको शय्याबाट एक घाइते क्रिकेटरको बिलौना