बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

त्रिशूलीमा बेपत्ता एक जनाको शव भेटियो

बिहीबार, १६ वैशाख २०७८, १३ : १६
बिहीबार, १६ वैशाख २०७८

चितवन । पुल निर्माणका क्रममा भाँचिँदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो ।

भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिँदा दुई बेपत्ता भएका थिए । बेपत्तामध्ये अर्को एक जनाको बुधबार शव भेटिएको थियो । निर्माणाधीन अवस्थामा रहेको पुल मुनि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार शवलाई गोताखोरका टोलीले निकाली भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

कोरोना सङ्क्रमितको मृत्यु

हेटौंडाका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौँडा उपमहानगरपालिका–१२ का एक वृद्धको मृत्यु भएको हो । ८० वर्षीय उनको आज बिहान ९ः १५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाका कारण वैशाख १ गते कोरोना परीक्षण गर्दा सङ्क्रमित भई भरतपुर अस्पतलमा उपचाररत उनको उपचारका क्रममा कोेभिड सघन उपचार कक्षमा मृत्यु भएको हो ।

गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको बुढी राप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैँडा मृत भेटिएको हो । उक्त गैँडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । यससँगै चालु आर्थिक वर्षमा ३१ गैँडा मरेका छन् । जसमध्ये चार चोरी सिकारीले र २७ वटा प्राकृतिक कारणले मरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप