बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोबाइल गेम पारखीका लागि नियो डिजिटलले ल्यायो ‘ब्रामो’

बिहीबार, १६ वैशाख २०७८, १३ : ०३
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । मोबाइल गेम पारखीका लागि नियो डिजिटलले ‘ब्रामो’ गेम लञ्च गरेको छ । सफ्टवेयर इन्जिनियरहरुले शुरु गरेको कम्पनी नियो डिजिटल प्रालिले मोबाइल भर्सनमा नयाँ गेम लञ्च गरेका हुन् । ‘ब्रामो’ नामको यो गेम थ्रीजी आरपीजी मोडेलमा नेपाल मै प्रथम पटक प्रारम्भ गरेको कम्पनीका संचालक तथा निर्माता रितेश भट्टराईको दावी छ ।

भर्खरै हाई स्कुल लेभल उत्तिर्ण यूवा प्रतिभा युमिस निरौलासँग मिलेर यो गेम बनाउन एक वर्ष भन्दा बढी समय लागेको उनले बताए ।

कुनै गाउँमा राक्षसहरूले आक्रमण गर्न आउँदा ब्रामो नामको साहसी युवाले कसरी गाउँले र गाउँको रक्षा गर्छन भन्ने कथामा यो गेम आधारित भएको निरौलाले बताए । नेपालमा मोबाइल गेम बनाउने थुप्रै फ्रिलान्सर र डेभलपर भए पनि रोल प्लेइङ मोडलमा मोबाइल भर्सनमा यो नै पहिलो पटक लन्च भएको उनको दावी ।

ब्रामोको प्रारम्भसँगै नेपालमा मोबाइल गेम निर्माणमा ठूलो सघाउ पुर्‍याउने कम्पनीका संचालक भट्टराईको विश्वास छ । अन्तर्राष्ट्रिय स्तरमा पब्जी र फोर्टनाइट जस्ता गेमको प्रभाव रहेको बेला यूवा युवतीले यो गेम मन पराउने विश्वास लिइएको उनले बताए ।

गएको महिना उपभोक्ता मुखि पेशा व्यवसायको लागि कस्टुमर रिलेशनसिप म्यानेजमेन्ट (सीआरएम) सफ्टवेयर सार्वजनिक गरेको नियो डिजिटलले छिट्टै केटाकेटीको लागि भनेर आकर्षक शैक्षिक गेम ल्याउने योजना बनाएको बताएको छ । प्ले  स्टोरमा उपलब्ध यो निःशुल्क डाउनलोड गरी जोसुकैले  खेल्न र आनन्द लिन सकिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप