आइतबार, १४ पुस २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाका कारण डेढ लाख सार्वजनिक यातायातका साधन प्रभावित

व्यवसायीहरुको प्रश्न–उड्ने र गुड्ने बीच किन विभेद गरियो ?
बिहीबार, १६ वैशाख २०७८, १२ : १९
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । बिहीबार बिहानदेखि लागू गरिएको निषेधाज्ञाका कारण झण्डै डेढ लाख सार्वजनिक सवारी साधन प्रभावित भएका छन् । उपत्यकासहित मुलुकका मुख्य मुख्य सहरमा निषेधाज्ञा लागू भएसँगै यात्रुवाहक सार्वजनिक यातायातका साधनहरु प्रभावित हुन पुगेका हुन् । 

नेपाल सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निषेधाज्ञाका कारण मुलुक भरबाट झण्डै डेढ लाख कालो नम्बर प्लेट धारी सार्वजनिक यातायातहरू प्रभावित हुन पुगेका छन् । जसका कारण लाखौं मजदुरसहित प्रत्यक्ष तथा परोक्षरुपमा ४ लाख घर परिवार समेत प्रभावित हुनपुगेको महासंघको भनाइ छ ।  

निषेधाज्ञाका कारण सार्वजनिक यातायातका साधनहरु बन्द भइरहँदा हवाई सेवाहरु भने निर्वाध सञ्चालन भइरहेका छन् । जसका कारण सार्वजनिक यातायात भन्दा पनि यतिखेर हवाइ उडान र एअरपोर्टमा सर्वसाधारण यात्रुहरूको भीड लागेको छ । 
त्यसो त बुधबार मात्र अधिकतम १४८ फ्लाइट मार्फत झण्डै १७ हजार यात्रुले यात्रा गरेको त्रिभूवन विमानस्थल (टीआईए) ले जनाएको छ । जुन हवाई यात्राको चाप यतिखेर निषेधाज्ञाको समयमा जारी रहेको छ । 

उड्ने र गुड्ने बीचको विभेद अन्त्य गर्न व्यवसायीहरुको माग
सरकारले सार्वजनिक यातायातका साधनहरुलाई बन्द गर्ने र हवाई यातायातलाई भने खुल्ला राख्ने नीति लिएसँगै व्यवसायीहरु आक्रोशित भएका छन् । उड्ने र गुड्ने बीच नसुहाउँदो विभेद गरिएको भन्दै यातायात व्यवसायीहरुले अविलम्ब यस्तो विभेदकारी नीतिको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

‘सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा कोरोना लाग्ने तर हवाई यातायातमा यात्रा गर्दा चाहिँ कोरोना नलाग्ने, यस्तो पनि हुन्छ ?’ यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले रातोपाटीसँग भने, ‘यस्तो विभेदकारी नीति हामीलाई मान्य छैन । यस्तो नीति अविलम्ब अन्त्य गर्न महासंघ सरकारसँग जोडदार माग गर्दछ । अन्यथा निषेधाज्ञाकै बीच विद्रोह गर्नुको अर्को विकल्प छैन ।’

सिटौलाका अनुसार अहिले सार्वजनिक यातायातको बसपार्कमा भन्दा पनि एयरपोर्टहरुमा यात्रुहरूको खचाखच भिडभाड चलेको छ । यसले थप संक्रमणको जोखिम बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप