निषेधाज्ञाले रोकियो ‘आँधी तुफान–२’को सुटिङ
फिल्म ‘आँधी तुफान–२’को सुटिङ रोकिएको छ । बिहीबारबाट एक साताका लागि उपत्यकामा जारी गरिएको निषेधाज्ञाका कारण फिल्मको सुटिङ रोकिएको हो ।
बुधबारसम्म जारी सुटिङ रोकिएको निर्देशक मदन घिमिरेले बताए । ‘लकडाउन खुले लगतै फेरि फिल्मको छायाँकन सुरु हुनेछ’ घिमिरेले भने । घिमिरेका अनुसार बुधबारसम्म फिल्मको २५ प्रतिशत काम सकिएको छ ।
विहिबार चावहिलस्थित एक पार्टी प्यालेसमा क्यामरा पूजा गर्दै छायाँकन सुरु भएको फिल्मका निर्माता मौनता श्रेष्ठ र निर्देशक मदन घिमिरे हुन् ।
फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ ।
दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा यो बन्न लागेको हो । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’ भिलेन कनिज कोइराला फिल्ममा भिलेको रुपमा देखिँदैछन् ।
थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।