मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप दुई संक्रमितको मृत्यु

बिहीबार, १६ वैशाख २०७८, ११ : ५२
बिहीबार, १६ वैशाख २०७८

सुर्खेत । पछिल्लो केही दिन यता कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ ।  

आज पनि थप दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सुर्खेत र एक जना सल्यानका गरी दुई जनाको मृत्यु भएको हो ।
  
कर्णाली प्रदेश अस्पतालमा उपचाररत कालिकोटको नरहरिनाथ गाउँपालिकाका ७३ वर्षीय पुरूषको  मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलले जानकारी दिए ।

उनका अनुसार ति पुरुष पुरूषको बैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा राखेर उपचार भैरहेको थियो ।  

यस्तै, सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममै मृत्यु भएको  स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

केही दिनअघि सल्यान अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनका अनुसार  श्वास प्रश्वासमा  समस्या भएपछि बुधबार बेलुका सवा ८ बजे अस्पतालमा ल्याइएको र अक्सिजन दिँदादिँदै उनको मृत्यु भएको हो । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या  ४० पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप