बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘अफिस टाइम’मा आवागमनः राजधानीका सडकमा बाक्लै देखिए सवारी (फोटोफिचर)

बिहीबार, १६ वैशाख २०७८, १० : ५६
बिहीबार, १६ वैशाख २०७८

स्थानीय प्रशासनले सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । तर राजधानीका सडकमा कार्यालय समयमा बाक्लै संख्यामा सवारी साधन देखिए । प्रशासनले एम्बुलेन्स, प्रहरी, सरकारी पासबाहक गाडीसहितका अत्यवश्यक सवारीसाधन निर्वाध रुपमा सञ्चालन दिएको छ । यस्तै बैंक तथा वित्तीय संस्था र सहकारी, प्रेस लगायतलाई पनि परिचयपत्र देखाएर आवतजावत गर्न दिएको छ । कतिपय कार्यालय स्वास्थ्य सावधानी अपनाएर खोलिएका अफिस समयमा सडकमा चहलपहल बढेको छ । तर प्रहरीले पास बिना चलाइएका सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकामा बिहीबारदेखि वैशाख २२ सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप