काठमाडौं उपत्यकामा बिनापास चलाएका ४ सय ११ सवारीसाधन ‘होल्ड’
बिहीबार, १६ वैशाख २०७८, १० : ४७
काठमाडौं । काठमाडौं उपत्यमा प्रहरीले चेकजाँच कडा बनाएको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको पहिलो बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ । समाचार तयार गर्दासम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ३ सय २० ओटा मोटरसाइकल, स्कुटर होल्ड गरिएको छ ।
तीनवटा जिल्लामा ९१ वटा गाडी समेत गरेर ४ सय ११ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले रातोपाटीलाई बताए ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं जिल्लाभित्र १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको छ ।
ट्राफिक र प्रहरीको संयुक्त टिमले काठमाडौंका ४४ ठाँउमा चेकजाँच गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण