निषेधाज्ञाको पहिलो दिन सुनसान चक्रपथ
बिहीबार, १६ वैशाख २०७८, १० : ३०

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । चक्रपथसहित राजधानीका भित्री सडकमा पनि सुनसान देखिन्छ । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले होल्ड गरेको छ ।
सँधै व्यस्त रहने चक्रपथ बिहीबार बिहानैदेखि सुनसान रहेको छ । रातोपाटीकर्मी सुवास श्रेष्ठ बिहीबार बिहान चक्रपथ क्षेत्रमा पुग्दा अत्यावश्यकबाहेकका नियम उलंघन गरेका सवारीलाई प्रहरीले होल्ड गरेको देखिन्थ्यो भने आसपासका पसल तथा बजार बन्द देखिन्थे ।
बिहान कार्यालय समयमा भने केही भिडभाड जस्तो देखिन्थ्यो । प्रशासनले बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयलाई परिचयपत्र देखाएर सवारीसाधन चलाउन छुट दिएकाले केही भिडभाड देखिएको छ । चक्रपथ क्षेत्रका तस्बिरहरु हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची