निषेधाज्ञाको पहिलो दिन सुनसान चक्रपथ
बिहीबार, १६ वैशाख २०७८, १० : ३०
कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । चक्रपथसहित राजधानीका भित्री सडकमा पनि सुनसान देखिन्छ । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले होल्ड गरेको छ ।
सँधै व्यस्त रहने चक्रपथ बिहीबार बिहानैदेखि सुनसान रहेको छ । रातोपाटीकर्मी सुवास श्रेष्ठ बिहीबार बिहान चक्रपथ क्षेत्रमा पुग्दा अत्यावश्यकबाहेकका नियम उलंघन गरेका सवारीलाई प्रहरीले होल्ड गरेको देखिन्थ्यो भने आसपासका पसल तथा बजार बन्द देखिन्थे ।
बिहान कार्यालय समयमा भने केही भिडभाड जस्तो देखिन्थ्यो । प्रशासनले बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयलाई परिचयपत्र देखाएर सवारीसाधन चलाउन छुट दिएकाले केही भिडभाड देखिएको छ । चक्रपथ क्षेत्रका तस्बिरहरु हेर्नुहोस्ः
















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण