बसुन्धराले गरिन् कलाकार कल्याकारी कोषलाई सहयोग
काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसालले चलचित्र विकास बोर्ड अन्तरगतको चलचित्रकर्मी कल्याणकारी कोषका लागि सहयोग प्रदान गरेकी छन् । उनले केही समय पहिले अमेरिका भ्रमणको बेला संकलित रकम उक्त कोषका लागि सहयोग गरेकी हुन् ।
पारिवारिक भेटघाट र घुमघामको लागि करिब ६ महिना अघि अमेरिका पुगेकी भुसालले सो क्रममा ४ लाख बढि रकम संकलन गरेर ल्याएकी छिन् । उक्त रकम बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई कोषका लागि प्रदान गरेकी हुन् ।
विगत ५ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा क्रियासिल भुसाल कोषको स्थापनाकालदेखि हालको पनि संयोजक हुन् । कोषमा अहिले ४ करोड बढि रकम जम्मा भएको छ ।
कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपत कालिन अवस्थामा सहयोग गर्ने, मृत्यु परान्त काजकिरिया सहयोग गर्ने लगायतका कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो