सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दुवईबाट सुन लिएर आएका युवक विमानस्थलमा पक्राउ

बिहीबार, १६ वैशाख २०७८, ०९ : ५६
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । दुवईबाट सुन लिएर काठमाडौं आएका एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ घर भएका सुरेश कुमार शर्माले पंखामा सेट गरेर सुन ल्याएका हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले एक्सरे मेसिनबाट जाँच गर्दा सुन फेला परेको थियो ।

उनले पंखामा सेट गरेर ल्याएको ८ सय १२ ग्राम सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

जजिरा एयरलाइन्सको उडानबाट शर्मा काठमाडौं ओर्लिएका हुन् । विमानस्थल भन्सार कार्यालयले उनलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप