शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन तीन लाख ८० हजार जनामा कोरोना संक्रमण

बिहीबार, १६ वैशाख २०७८, ०८ : ४८
बिहीबार, १६ वैशाख २०७८

नयाँ दिल्ली । भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो ।

भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।

भारतमा बुधबार कोरोना संक्रमणका कारण तीन हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार छ ।

भारतको महाराष्ट्र राज्य कोरोनाबाट सर्वाधिक प्रभावित छ । बुधबार महाराष्ट्रमा ६३ हजार ३०९ जना संक्रमित पाइएका छन् भने कोरोनाका कारण एक हजार ३५ जनाको बुधबार मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप