सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नागढुंगामा अझै जाम, निषेधाज्ञाअघि नै उपत्यका भित्रिनुपर्ने सवारी जाममा फसे

बिहीबार, १६ वैशाख २०७८, ०८ : ०१
बिहीबार, १६ वैशाख २०७८

निषेधाज्ञाका कारण उपत्यकाबाट बाहिरिनेहरुको चापका कारण राजधानीको नागढुंगा  तथा थानकोट क्षेत्रमा अझै जाम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यकाबाट बाहिरिनेहरुको चापका गएरातिदेखि नै कलंकीदेखि नागढुंगा र त्यसभन्दा पर धादिङसम्मनै चर्को जाम रहेको थियो । 

सो जाम अहिलेपनि पुरा नखुलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले बाटो अझै क्लियर नभएको र निषेधाज्ञा अघि नै उपत्यका प्रवेश गर्नुपर्ने गाडीहरु जाममै फसेका छन् । ती गाडीहरुलाई उपत्यका भित्रन दिने उनको भनाइ छ । 

उनका अनुसार काठमाडौंको हकमा निषेधाज्ञा उलंगन गर्ने चार पांग्रे र दुई पांग्रेगरी २०० सवारी होल्ड भएका छन् । उनीहरुलाई बेलुका ७ बजेमात्रै छाड्ने उनको भनाइ छ । 

उनले ८१ ठाउँमा सवारी चेक गर्ने योजना भएपनि अहिले ४० ठाउँमा चेकजाँच भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप