सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका ठाउँठाउँमा चेकिङ, प्रहरीले यसरी गर्दैछ कडाइ

बिहीबार, १६ वैशाख २०७८, ०८ : ००
बिहीबार, १६ वैशाख २०७८

प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यान्वयनका लागि कडाइ गरेको छ । 

राजधानीमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका सवारीसाधन चलाउनेमाथि पनि होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । 

उनका अनुसार काठमाडौं जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ । तर योजनाअनुसार सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।  तोकिएका बाहेकका गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर होल्ड गरिएको उनको भनाइ छ । 

सिंहले काठमाडौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गरेको छ।  यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन भएको छ । यस्तै मास्क नलगाएकालाई पनि होल्ड गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप