काठमाडौंका ठाउँठाउँमा चेकिङ, प्रहरीले यसरी गर्दैछ कडाइ
प्रहरीले कोरोनाभाइरस रोकथामका लागि स्थानीय प्रशासनले बिहीबारदेखि निषेधाज्ञा जारी गरेसँगै त्यसको कार्यान्वयनका लागि कडाइ गरेको छ ।
राजधानीमा बिना कारण हिँडडुल गर्ने सर्वसाधारणलाई होल्ड गरिएको छ भने तोकिएको बाहेकका सवारीसाधन चलाउनेमाथि पनि होल्ड गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार काठमाडौं जिल्लाको हकमा १० बजेसम्म सामान किन्न जानेहरूलाई छुट दिइएको छ । तर योजनाअनुसार सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिएको उनको भनाइ छ । तोकिएका बाहेकका गाडी र मोटरसाइकललाई नियन्त्रणमा लिएर होल्ड गरिएको उनको भनाइ छ ।
सिंहले काठमाडौंका १२८ ठाउँका पिकेट ड्युटीमा प्रहरी परिचलान गरिएको छ भने ट्राफिक र प्रहरीले संयुक्तरुपमा ४४ ठाउँमा सवारी चेकिङ गरेको छ। यस्तै मोबाइल, क्युआरटी र सीआरभी भ्यान परिचालन गरेर निषेधाज्ञाको अनुगमन भएको छ । यस्तै मास्क नलगाएकालाई पनि होल्ड गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण