शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बैंकिङ्ग कारोबार गर्दा चार कुरामा ध्यान दिन नेपाल बैंकर्स संघको अनुरोध

बिहीबार, १६ वैशाख २०७८, ०७ : ४६
बिहीबार, १६ वैशाख २०७८

काठमाडौं । नेपाल बैंकर्स संघको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिमहरू न्यूनिकरणका लागि बैंकिङ्ग कारोबार गर्दा ध्यान दिन आग्रह गरेको छ ।

निषेधाज्ञामा सम्भव भएसम्म नोट कारोबारको सट्टा डिजिटल बैंकिङ्ग सेवाको अझ बढी प्रयोग गर्न अनुरोध गरेको छ ।

अत्यावश्यक अवस्थामा बाहेक बैंकको शाखामा नआई भिडभाड कम गर्नका निमित्त सहयोग गरिदिन पनि संघले ग्राहकहरुलाई अनुरोध गरेको छ ।

निषेधाज्ञामा पनि बैंकका शाखा एटिम बुथहरु खुल्ला नै रहने भएकोले इन्टरनेट/मोबाइल बैंकिङ्ग सेवालिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोनमार्फत् सम्पर्क गर्न पनि भनिएको छ । घरबाटै कारोबार गरी आफू र अरुलाई सुरक्षित राख्न संघको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप