प्रदेश १ मा २५६ जना कोरोना संक्रमित थपिए
विराटनगर । प्रदेश १ मा बुधबार २५६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५६ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमध्ये मोरङका कुल १२० जना संक्रमित थपिएका छन् । त्यसमा विराटनगरका मात्र ४३ महिला र ६२ पुरुष सहित १०५ जना रहेका छन् । त्यसैगरी झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बा¥हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा २६, इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१, ताप्लेजुङको फुङलिङमा ११ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ३७७ पुगेको छ । प्रदेश १ मा आज ८४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ८९ महिला र १६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा