शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

बुधबार, १५ वैशाख २०७८, २२ : ५९
बुधबार, १५ वैशाख २०७८

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज साँझ स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दमौलीबाट जाँदै गरेको ग१८प ३७७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिदा ऋषिङ–४ बस्ने ३७ वर्षीय सन्देश गजमेरको मृत्यु भएको हो । 

उनलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । दुर्घटनामा सोही ठाउँ बस्ने ३७ वर्षीया पवित्रा रानाभाट घाइते भएकी छन् । निजलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप