बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

साईप्रसका नेपालीको समस्या छिट्टै समाधान गर्छौं : राजदूत शाक्य

बुधबार, १५ वैशाख २०७८, २२ : ४३
बुधबार, १५ वैशाख २०७८

साईप्रस । साईप्रसका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले यहाँ रहेका नेपालीहरुको समस्या छिट्टै समाधान गरिने बताएकी छन् । उनले श्रमिकहरुको समास्या समाधान गर्न छिट्टै साईप्रस आउने समेत घोषणा गरेकी छन्। गैरआवासीय नेपाली सघं साईप्रस तथा साईप्रसलाई हेर्दै आईरहेको नेपाली राजदूतावास ईजरायल, होनरी कन्सुलेट साईप्रस एवम नेपाल पत्रकार महासंघ युरोप शाखाको सहकार्यमा युरोप हेल्थ टिमको स्वास्थ्य परामर्श कार्यक्रममा बोल्दै शाक्यले समाजिक सुरक्षाका लागि  साईप्रसमा कार्यरत नेपालीहरुको भाषाको समस्या रहेको दाबी गरिन् । उनले भनिन्, ‘अब साईप्रस आउनेहरुले कम्तीमा भाषा वा अंग्रेजी भाषा सिक्नुपर्छ र म्यानपावर एजेन्सीहरुले पनि त्यसरी पठाउनुपर्छ ।’ विद्यार्थीहरुको समस्या समाधानका लागि आफुहरुले धेरै पहल गरिरहेको बताउँदै उनले कुनै पनि नेपाली समुदायले विदेशमा बसेपछि ती देशको नियम विपरित कार्य नगर्न आग्रह गरिन् । साईप्रसमा पछिल्लो समय नेपाली समुदायका युवाहरु जेलमा पर्नु अत्यन्त दुःखद भएको भन्दै उनले कसैले पनि गैरकानुनी कार्य गर्न नहुने भनी सुझाव दिइन् ।  

होनरी कन्सुलेट साईप्रसका प्रमुख डा.रामजीवन पन्जियारले साईप्रसमा रहेका घरेलु कामदारहरुको समस्या समाधानका लागि आफु निरन्तर लागि परेको बताए । परिवार छोडेर साईप्रस आएकाहरुले राजनीति गर्न खोजेको भन्दै उनले जे कामका लागि आएको हो त्यो काम गर्न र आफनो भविष्य बनाउन आग्रह गरे । उनले भने, ‘विद्यार्थीहरु साईप्रसमा पढन आएको न कि कुलतमा फस्न आएका हुन् ? उनले नेपालीहरुलाई गैरकानुनी काम नगर्न आग्रह गरे गैरआवासीय नेपाली सघं साईप्रसका सचिव पुरन मगरको सञ्चालनमा भएको कार्यक्रममा एनआरएनएका केन्द्रिय उपाध्यक्ष डा. बद्रि केसीले गैरआवासीय नेपाली सघंले आफनो दुइ वर्षे कार्यकालमा सोचेको भन्दा बढी काम गरेको बताए । डा.केसीले २५ करोडभन्दा बढीको च्यरीटिको कार्यक्रम गरेको भन्दै एनआरएनए फाउण्डेशन समेत स्थापना भएको जानकारी दिए ।  
कार्यक्रममा एनआरएनए युरोप शाखाका संयोजक नारायण आचार्य, एनआरएनए युरोप हेल्थ टिमका प्रमुख डा. बोधराज सुबेदी, डा.सुरज थापा, डा.शम्भु आर्चाय, डा.एलनी पोख्रेल सुवेदी, साईप्रसका विभिन्न समाजिक एवम् राजनीतिक सघं–संस्थाहरुका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप