आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र निष्काशन हुँदै, वार्षिक साढे ८ प्रतिशत ब्याजदर

बुधबार, १५ वैशाख २०७८, २१ : १९
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र वैशाख २२ गतेबाट निष्काशन गर्दैछ । 

वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहने बैंकले जनाएको छ । 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने र बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि यही बैशाख २२ गतेबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने पनि बैंकले जनाएको छ ।

छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिने बैंकले जनाएको छ ।

गत चैत १३ गते नेपाल धितोपत्र बोर्डले निष्काशन गर्न अनुमति दिएको यस ऋणपत्रमा बैंकले लगानीकर्तालाई वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ । धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप