बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खनाल–नेपाल पक्षले गठन गर्‍यो युवा संंघ नेपाल विराटनगर महानगर कमिटी

बुधबार, १५ वैशाख २०७८, १९ : १८
बुधबार, १५ वैशाख २०७८

विराटनगर । नेकपा एमालेको खनाल–नेपाल पक्षले युवा संंघ नेपाल विराटनगर महानगर कमिटी गठन गरेको छ । खनाल–नेपाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल महानगर कमिटी गठन गरेको हो ।

युवा संंघ नेपाल महानगर कमिटीको उपाध्यक्षमा क्रमशः कल्याण कटुवाल र ईश्वर माझीले जिम्मेवारी पाएका छन् । त्यस्तै सचिवमा जुनु पोख्रेल र सहसचिवमा क्रमशः संजय गुप्ता, निरज मल्ल, दिना यादवले जिम्मेवारी पाएका छन् । कोषाध्यक्षमा रितेश गौतमले जिम्मेवारी पाएका छन् । 

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा  सम्पन्न  भएको थियो । मंगलबार मात्र विमल तामाङको अध्यक्षतामा ३५ सदस्यीय लोकतान्त्रिक आदिवासी जनजाति महासंघ विराटनगर गठन  भएको थियो।

खनाल–नेपाल पक्षले चैत २८ गते एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।
दुवै कमिटी गठन गरेको दुई हप्तापछि सो समूहले महानगरपालिकामा आफ्नो कार्यालय स्थापना स्थापना गरी समानान्तर गतिविधि गदै आएको एमालेको खनाल–नेपाल पक्षका विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप