कर्णालीमा एकैदिन ३ सय बढी कोरोना संक्रमित थपिए

सुर्खेत । कर्णालीमा एकैदिन ३ सयभन्दा धेरै जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना देखिएको हो । प्रदेशका विभिन्न प्रयोगशालाहरूमा गरिएको पीसिआर परीक्षणमा १ सय ३४ र र्यापिड एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ सय ६८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै २ सय १५ जना सुर्खेतका मात्र रहेका छन् ।
यस्तै दैलेखमा ३२ जना, जुम्लाका ८, जाजरकोटका ७, सल्यानका २९, रुकुम पश्चिमका ९, कालिकोटका १०, डोल्पाका १ र अन्य प्रदेशका ३ जना रहेका छन् । योसँगै कर्णाली प्रदेशमा कुल संक्रमित हुनेको संख्या ८ हजार ८ सय ९५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ३८ पुगेको छ । योसँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या ९ सय ८१ पुगेको छ । तीमध्ये सुर्खेतमा ६ सय १६ जना रहेको स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ । बुधबार निको भई ५ जना डिस्चार्ज भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र २३० जना कोरोनाका बिरामी आइसोलेसनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी