शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको पूर्वसन्ध्या स्वास्थ्य मापदण्डलाई चुनौति दिँदै जात्रा, तस्विरमा हेर्नुहोस्

बुधबार, १५ वैशाख २०७८, १८ : १९
बुधबार, १५ वैशाख २०७८

प्रसिद्ध लोकोक्ति छ, कहीँ नभएको जात्रा हाँडीगाउँमा । कोरोना महामारीको दोस्रो लहरले देशनै आक्रान्त भएको बेला बुधबार त्यहाँ  गहना खोज्ने जात्रा मनाइएको छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि देवीको गहना खोज्ने गरिन्छ ।

कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या र अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ । बिरामीहरुले अस्पतालमा बेड नपाएर बरन्डामा बसेर उपचार गरिरहेका छन् । अस्पतालका डाक्टरहरुले स्वास्थ्य व्यवस्था नै ‘कोल्याप्स’ हुनसक्ने चिन्ता व्यक्त गरिरहेका छन् । 

संक्रमणको चेन ब्रेक गर्न बिहीबारदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा नै लगाइएको छ । स्वास्थ्य मन्त्रालय लगायत फ्रन्टलाइनमा खटिने डाक्टरहरुले हरेक दिन स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेका छन् । तर, निषेधाज्ञाको ठीक एक दिन अघि कोरोनाको ‘हटस्पट’ बनेको काठमाडौँमा स्वास्थ्य मापदण्डको धज्जी उडाउँदै ‘जात्रा’ मनाइएको छ । आज काठमाडौँमा देशभर कै सर्वाधिक १४६४ जनामा संक्रमण पुष्टि भएको छ । हेरौँ जात्रा केही तस्विरहरू:

तस्विरहरु : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप