शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

तीव्र गतिमा उकालो लाग्दै कोरोनाको ग्राफ, मृत्तक पनि थपिँदै

बुधबार, १५ वैशाख २०७८, १७ : ५६
बुधबार, १५ वैशाख २०७८

नेपालमा २४ घण्टामा थप ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । नेपालमा हालसम्म ३ लाख १२ हजार ६९९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकाका छन् । उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् । त्यस्तै रुपन्देहीमा ४३४ र बाँकेमा ३२८ जना संक्रमित फेला परेका छन् ।

यता पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७९ हजार २७९ रहेको छ ।

यही अवधिमा थप १७ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट ३ हजार २११ जनाको मृत्यु भइसकेको छ । 

हाल ५ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । त्यस्तै, २ सयभन्दा बढी उपचारार्थ संक्रमितहरु रहेका जिल्लाहरुमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रेपलाञ्चोक, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर रहेका छन् ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २७ हजार ८४५ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा २ हजार ३६४, आईसीयूमा ३१७ र भेन्टिलेटरमा ९८ रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप