बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार : ४ मन्त्री थपिए

बुधबार, १५ वैशाख २०७८, १६ : २६
बुधबार, १५ वैशाख २०७८

मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले ३ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सुरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाले जनाएको छ । त्यस्तै सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा.रामकुमार अधिकारीलाई नियुक्त गरिएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले पद र गोपनियताको सपथ ग्रहण आजै गराउने नवनियुक्त सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले रातोपाटीलाई जानकारी दिइन् । 

गएको पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले संयुक्त रुपमा पदबाट राजीनामा दिएका थिए । ४ महिनापछि रिक्त सोही पदमा मुख्यमन्त्री पौडेलले बुधबार मन्त्रीहरु नियुक्त गरेका हुन् । मुख्यमन्त्री पौडेलले नेकपा एमालेको प्रधानमन्त्री ओली निकट सांसदहरुलाई मात्रै मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप