नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण
![नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण](https://rpcdn.ratopati.com/media/albums/adb_pxreJOH5Y7.jpg)
काठमाडौं । एसियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।
बैंकले आज जारी गरेको ‘एसियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।
धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ । मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिक उत्सव
-
६ महिनामा ५ लाख ८३ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट
-
नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन : मन्त्री अर्याल
-
उड्दै नउडेको जहाज हराएको अफवाह फैलिएपछि...
-
प्रधानमन्त्रीद्वारा ‘प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ उद्घाटन
-
राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन् : गृहमन्त्री लामिछाने