मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ५ दिन सेवा बन्द

बुधबार, १५ वैशाख २०७८, १४ : ४१
बुधबार, १५ वैशाख २०७८

विराटनगर । इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पाँच दिनका लागि सो शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ । शाखा प्रमुख नविन भटटराईकाअनुसार आजदेखि पाँच दिनसम्म कोठा नम्वर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा वन्द गरिएको हो । वडा कार्यालयहरुबाट हुने कर संकलन कार्य भने नियमित हुने उनले बताए । 

इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन तयार गर्ने इटहरी उपमहानगरपालिकामा ५० शैयाको आइसोलेसन सञ्चालन गरिने भएको छ ।  इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रंगशालामा ५० शैयाको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो आइसोलेसन सञ्चालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए । 

शव ब्यवस्थापनका लागि गाढने संस्कार भएकाहरुको लागि इटहरी २ स्थित जंगलमा र जलाउने सँस्कार भएकाहरुका लागि इटहरी ११ स्थित बुढी खोला भागलपूर पुल उत्तरतर्फ स्थान तोकिएको छ । अन्त्येष्टिमा २५ जनासम्म मात्र सहभागी भएर स्वास्थ्यका सवै मापदण्डहरु पूरा गरि अन्तिम सस्कार गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप