कर्णालीमा थप तीन सङ्क्रमितको मृत्यु
![कर्णालीमा थप तीन सङ्क्रमितको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/death-mrityu-dead-body_ptLp67BAc9_WNSXB7SYg7.jpg)
सुर्खेत । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना सङ्क्रमित बिरामीको गए राति मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा के.एन पौडेलले जानकारी दिए। उनका अनुसार भेरीगङ्गा नगरपालिका–४ सुर्खेतका ६४ र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय दुईजना पुरुषको मृत्यु भएको हो ।
भेरीगङ्गा नगरपालिकाका बिरामी वैशाख ५ र वीरेन्द्रनगरका बिरामी वैशाख ११ गतेदेखि प्रदेश अस्पतालमा उपचाररत थिए । त्यस्तै, दैलेखमा नारायण नगरपालिका–१ दैलेखका ७५ वर्षीय कोरोना सङ्क्रमित एकजना पुरुषको मृत्यु भएको छ । तीनजना थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको जनस्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संसदमा पेस गर्न समितिको निर्देशन
-
रविलाई हिरासतमा राख्न अदालतको आदेश
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की