निषेधाज्ञामा नर्भिकले निःशुल्क एम्बुलेन्स सेवा दिने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालनको घोषणा गरिएको हो ।
स्वास्थ्यमा गम्भीर समस्या भई इमर्जेन्सी अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बुलेन्स पठाइदिने सिंहले बताए । अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको सिंहका अनुसार त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्था समेत मिलाइने छ ।
यस्तो सुविधा लिनका लागि गम्भीर अवस्थाका बिरामी वा आफन्त तथा नजिकका व्यक्तिले अस्पताललाई फोन गरेर जानकारी गराउनुपर्नेछ । सो जानकारी पाएलगत्तै अस्पतालले निःशुल्क एम्बूलेन्स सेवाको माध्यमबाट समस्यामा परेका बिरामीहरुको तत्काल उद्धार गर्नेछ ।
यो सुविधा काठमाडौंका बिरामीका लागि मात्रै उपलब्ध हुने कार्यकारी निर्देशक सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा