आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै मतदान

बुधबार, १५ वैशाख २०७८, १३ : ५८
बुधबार, १५ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावलाई आजै निर्णयार्थ पेश गर्ने तयारी भएको छ । अविश्वास प्रस्तावमाथि आजै छिनोफानो गर्ने उद्देश्यले सांसदहरुको बोल्ने क्रम छोट्याइएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

केहीबेर अघि बसेको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथि टिप्पणी गर्ने क्रम सुरु भएको छ । केही सांसदले छलफलमा भाग लिइसकेपछि मुख्यमन्त्री गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि सभामुखले अविश्वास प्रस्ताव निर्णयार्थ पेश गर्न अनुमति दिने र सांसदहरुले मतदान गर्ने जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप