आकाशसँग मिलेर फिल्म बनाउँदै उमा
काठमाडौंँ । निर्माता तथा अभिनेत्री उमा बेबी गिरी नयाँ फिल्मको तयारीमा जुटेकी छन् । निर्देशक आकाश अधिकारीसँगको सहकार्यमा उनले नयाँ फिल्म बनाउन लागेकी हुन् । केही दिन अगाडि दुबैले सहकार्यमा ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । जसका दुबैको अभिनय देख्न सकिन्थ्यो ।
आकाससँग मिलेर बनाउन लागेको फिल्मको अहिले लेखन कार्य भैरहेको उमाले बताइन् । फिल्मको लोकेसन हेर्न कार्यसमेत भैरहेको उनको भनाई रहेको छ । फिल्म नेपाल र सिक्किममा खिचिने योजना बनेको छ ।
द स्काइ मुभिज र उमा फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मलाई आकाश स्वयंले निर्देशन गर्नेछन् । कोरोना कहरको ‘स्थिति सामान्य भएपछि फिल्म छायाँकनका लागि फ्लोरमा निस्कने तयारी हाम्रो छ’ उमाले भनिन् । फिल्ममा उमाको पनि अभिनय रहनेछ । अन्य कलाकार छनौटको क्रममा छन् ।
उमाले यसअघि ‘कहिँ कतै’, ‘इशारा’ लगायतका फिल्म निर्माण गरेकी थिइन् । निर्देशक अधिकारी पनि लकडाउनपछि अभिनेताद्वय सौगात मल्ल र शिव श्रेष्ठलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा जुटेका थिए । कोरोनाको दोस्रो लहर सुरु भएकोले उक्त तयारी अहिले रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक