निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले बनायो र्यापिड रेस्पोन्स टिम
निषेधाज्ञामा आपूर्ति व्यवस्था सहज बनाउन सरकारले र्यापिड रेस्पोन्स टिम गठन गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उच्चस्तरीय र्यापिड रेस्पोन्स टिम बनाएको हो । निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणाली सुचारु राख्न यो टिमले काम गर्नेछ । स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्ति समेत मन्त्रालयले तोकेको छ ।
प्रेम कुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा. श्रीराम घिमिरे र उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायण प्रसाद रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयलको सूचनामा छ ।
मन्त्रालयले सम्बन्धित व्यक्तिको मोबाइल नम्बर पनि दिएको छ । आपूर्ति प्रणालीमा कुनै समस्या आए तत्काल सम्पर्क गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान