भेटियो सूर्यभन्दा तीन गुणा ठूलो तर सबैभन्दा सानो ब्ल्याक होल

खगोलविद्ले पृथ्वीको सबैभन्दा नजिकको एउटा ब्ल्याक होल खोजेका छन् । यो सानो ब्ल्याक होल पृथ्वीबाट करिब १५०० प्रकाश वर्ष टाढा छ । यसलाई युनिकर्न (Unicorn ) नाम दिइएको छ । यो ब्ल्याक होल मोनोसेरोस ( Monoceros ) तारामण्डलमा स्थित छ । यसको द्रव्यमान सूर्यभन्दा तीन गुना बढी छ । खोज टिमका टिम लिडर थरिङ्डु जयसिङ्घेका अनुसार यो एकदमै अनौठो भएकोले यसको नाम युनिकर्न राखिएको हो ।
आहायो स्टेट युनिभर्सिटीका एस्ट्रोनोमीका विद्यार्थी जयसिङ्घेका अनुसार यो ब्ल्याक होलको साथमा एउटा रातो तारा पनि छ । यो ताराको जीवन समाप्त हुँदैछ । यस तारालाई दुई भिन्न उपकरणले अवलोकन गरिएको थियो । यसको डेटासेटको विश्लेषण गर्दा टिमले ताराको प्रकाशमा कमी आएको देखेको थियो ।
यसबाट कुनै अब्जेक्टले गर्दा यसको आकार बदलिन्छ भन्ने निष्कर्ष आयो । ताराको गति तथा प्रकाशका आएको कमीका कारण टिमले यो अब्जेक्ट ब्ल्याक होल हो भन्ने नतिजा निकालेको छ ।
लाइभ साइन्सको रिर्पोटका अनुसार यो अहिलेसम्मको यो दुई क्वासर (Quasars ) को सबैभन्दा पुरानो अब्जर्भेसन हो । अहिलेसम्म सयभन्दा धेरै 'डबल क्वासर' खोजि गरिसकिएको छ । यो सबै भन्दा पुरानो मानिएको छ । यसै अनुसन्धानमा १० अरब वर्ष पुरानो अर्को एउटा 'डबल क्वासर' को 'डिटेक्सन' गरिएको कुरा पनि गरिएको छ । युनिभर्सिटी अफ इलियाइका लिड रिसर्चर यु सेनका अनुसार ब्रम्हाण्डमा हरेक एक हजार क्वासरमा एउटा डबल क्वासर हुने गर्छ । यसकारण यस खोजीलाई बालुवामा सियो भेटिए झैं मानिएको छ ।
यस खोजको लागि वैज्ञानिकले टाढा ब्रम्हाण्डमा फोकस गरेका थिए । दश अरब वर्ष पहिले तिव्रताका साथ तारा बन्ने गर्थे । त्यतिबेला अब्जेक्ट्समा विलय अत्यधिक हुने गर्दथ्यो । यसरी विलय पछि निस्कने पदार्थ ग्यालेक्सीको केन्द्रमा हुने ब्ल्याक होलमा समाहित हुने गर्थ्यो । यस म्याटरलाई खाएर ब्ल्याक होलबाट रेडिएशन निक्लने गर्दथ्यो । र, यसै प्रक्रियाले क्वासर बन्ने गर्थ्यो । यसको चमक ग्यालेक्सी भन्दा पनि बढी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचन : श्रेष्ठ भन्दा मिश्र करिब दोब्बर मतले अगाडि, महासचिवमा केदारप्रसादलाई पछ्याउँदै यज्ञमणि
-
कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
-
रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रावणहरुको शासन मास्नु पर्छ : डा. प्रकाशचन्द्र लोहनी
-
न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
-
बुद्धिमानको प्रश्नः राणा र मिश्र ढुंगा हान्ने र आगो लगाउने मान्छे हुन् ?