कर्णालीमा थप तीन जनाको कोरोनाबाट मृत्यु
सुर्खेत । कर्णालीमा थप तीन जनाको कारोना संक्रमण भई मृत्यु भएको छ । सुर्खेतमा २ र दैलेखमा एक जना गरी तीन जनाको मृत्यु भएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डाक्टर के एन पौडेलका अनुसार दुई जनाको मृत्यु भएको हो ।
उनका अनुसार भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मृत्यु भएको हो । भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।
यस्तै, दैलेखमा पनि बुधबार बिहान ७५ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ती पुरुषको मृत्यु भएको हो ।
उनलाई हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेख कोरोना अस्पतालमा अक्सिजनसहित उपचार गराइए पनि उनको निधन भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिए । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल