शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बसपार्कमा घर फर्किनेको लस्कर, तस्बिरमा हेरौँ

बुधबार, १५ वैशाख २०७८, ०९ : ३६
बुधबार, १५ वैशाख २०७८

काठमाडौँ । कोरोना महामारी निमन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सर्वसाधारणले उपत्यका छोड्न थालेका छन् । 

गोंगबुस्थित नयाँ बसपार्क बुधबार बिहानै फर्किनेहरूले खचाखच भरिएको छ । टिकट लिनेको घुइँचो पनि उस्तै छ ।

यता गह्रुँगा झोला, काखमा बच्चा बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् । 

बसपार्कबाट छुटेका सबै सवारी साधन यात्रुले भरिभराउ रहेको  यातायात व्यवसायीहरुको भनाइ छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएकाले प्रशासनले सर्वसाधारणलाई घर फर्किन दुई दिनको समय दिएको छ ।

त्यसैलाई सदुपयोग गर्दै यतिबेला मानिसहरु धमाधम घर फर्किन थालेका छन् ।

थप तस्बिरमा हेरौँ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप