शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बन्ने भयो  चन्द्रमामा मुन  स्टेसन

बुधबार, १५ वैशाख २०७८, ०९ : ११
बुधबार, १५ वैशाख २०७८

चीन तथा रुसले   चन्द्रमामा निर्माण गरिने भनिएको स्टेसनको काम तीव्र  गतिमा अघि बढाएका छन् । दुवै देशको चन्द्रमामा इन्टरनेसनल साइन्टिफिक रिसर्च सेन्टर बनाउने योजना रहेको छ ।

यस  योजनामा जुन  देश अथवा अन्तर्राष्ट्रिय एजेन्सी पार्टनरको रुपमा समावेश हुन चाहन्छन् तिनको स्वागत  गरिनेछ । दुवै देशबीच भएको संयुक्त वार्तामा चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनसीए) का उप निर्देशक वु यान्हुवाका  अनुसार रुसको अन्तरिक्ष एजेन्सी रासकासमास (Roscosmos ) सँग मिलेर चन्द्रमामा स्टेसन बनाउने कार्य अघि बढिरहेको छ । उक्त योजना दुवै देशको संयुक्त साझेदारीको महत्त्वाकाङ्क्षी योजना हो ।

मुन स्टेसन प्रोजेक्टका लागि दुवै देशले रुचि भएका अन्य सबै देश तथा  स्पेस एजेन्सीलाई पार्टनर बन्न  आमन्त्रित गरेका छन् ।

यस उपलक्ष्यमा भएको कार्यक्रममा तीस  देशका सयभन्दा धेरै प्रतिनिधिहरुको  सहभागिता रहेको  थियो । रुस तथा चीनले  पहिला  नै यस विषयक  एउटा सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

चीनको  राष्ट्रीय अन्तरिक्ष प्रशासन (सीएनसीए) तथा रासाकासमासका बीच यस अन्तराष्ट्रिय लुनर रिसर्च स्टेसनको संयुक्त निर्माणका लागि मार्च ९ सन २०२१ मा अनुबन्ध भएको थियो  । चीन र रूसबीच यो  सम्झौता यस्तो समयमा भएको थियो जुन बेला   अमेरिकाले प्रद्योगिकी चोरीको चिन्तालाई ध्यानमा राखेर नासा तथा चीनबीच सबै सम्बन्धमा प्रतिबन्ध लगाएको थियो  ।

चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले  जारी गरेको बयानमा यो चन्द्र स्टेशन चन्द्रमाको सतह अथवा  कक्ष (आर्बिट) मा निर्माण गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप