विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
बुधबार, १५ वैशाख २०७८, ०८ : ५०
विराटनगरस्थित नोबेल अस्पतालमा २ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
झापाका ५५ वर्षीय पुरुष र मोरङ कटहरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पताल प्रबन्धक नारायण दाहालले गएराति उनीहरु दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताए । झापाको ती पुरुषलाई चार दिन अघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा मधुमेहको समस्या समेत रहेको थियो ।
त्यसैगरी, कटहरीका संक्रमित पुरुष तीन दिनअघि अस्पताल भर्ना भएका थिए । अस्पताल भर्नाको क्रममा नै उनमा निमोनियाको संक्रमण रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी श्रमिकहरूको मानवअधिकार संरक्षण गर्न आयोगको आग्रह
-
मलेसियाका लागि नेपाली राजदूतमा तिम्सिना नियुक्त
-
राष्ट्रपतिद्वारा भारतका लागि नेपाली राजदूत नियुक्त
-
बैंकिङ कसुरका सबैभन्दा धेरै मुद्दा काठमाडौँ उपत्यकामा
-
मुलुकलाई स्थिरता र सुशासनतर्फ फर्काउन नयाँ सरकार : प्रधानमन्त्री
-
नयाँ प्रतियोगिताका रूपमा सोचेर खेल्यौँ : सोमपाल कामी