आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

स्याउ जोन डोल्पाका प्रमुख घुससहित पक्राउ

मङ्गलबार, १४ वैशाख २०७८, २२ : १९
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई अन्तर्गत स्याउ जोन डोल्पाका कार्यालय प्रमुखलाई पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालय प्रमुख हसमुल्ला खाँ लाई २५ हजार घुस रकमसहित पक्राउ गरेको हो ।

दाँते ओखरको बिरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान भुक्तानीका लागि उनले किसानसँग घुस मागेको आरोप छ । आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई हुम्लास्थित कार्यकक्षबाट पक्राउ गरेको आयोगका प्रवक्ता (सह–सचिव) नारायणप्रसाद रिसालले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप