शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा सांसदहरुको पीसीआरका लागि स्वाब संकलन (फोटोफिचर )

मङ्गलबार, १४ वैशाख २०७८, २१ : ४९
मङ्गलबार, १४ वैशाख २०७८

पोखरा । कोरोनाको लागि पीसीआर परिक्षण नगरी प्रदेश सभा बैठक चलाएको भन्दै गण्डकी प्रदेशको सत्तारुढ दलका सांसदले नै संसद अवरुद्ध गरेपछि प्रदेश सांसदहरूकाे पीसीआर परीक्षण गरिएको छ । प्रतिपक्ष दल कांग्रेस सहितका दलले विशेष अधिवेशनको माग गरेपछि आह्वान गरिएको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसद राजिव पहारीले स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै बोलेपछि संसद अवरुद्ध भएको थियो ।

सत्तारुढ दलका सांसदले संसद अवरुद्ध पारेपछि लामो समयसम्म चलेको कार्य ब्यवस्था समितिको बैठकले प्रदेशसभाका सांसद,कर्मचारी र सुरक्षाकर्मी लगायतको पीसीआर परीक्षण गरी बुधबार १ बजेका लागि संसदको बैठक बलाउने निर्णय गरेको थियाे । परामर्श समितिको बैठकले पीसीआर परिक्षण गरी बुधबार १ बजे संसदको बैठक बस्ने नेकपा एमालेका सांसद एवं समितिका सदस्य कृष्ण बहादुर थापाले जानकारी दिए । पीसीआर परिक्षणमा क्रममा पोजेटिभ रिपोर्ट आएका सांसदहरुलाई आफ्नै निजी सवारीमा आएर मतदान गर्न पाउने निर्णय भएको उनले जानकारी दिए । ‘पीसीआर रिपोर्ट पोजेटिभ आएका सांसदले संसदलाई सम्बोधन गर्न पाउने छैनन्’ उनले भने, ‘यदी पोजेटिभ रिपोर्ट आएको अवस्थामा सांसदहरुले मतदानमा गर्न मात्र पाउनु हुने छ ।’

सत्तारुढ दल नेकपा एमालेका सांसद राजिव पहारीले गण्डकी प्रदेश सभाका ६० सांसदहरु मध्ये ३७ जनाले कोरोना बिरुद्धको खोप समेत नलगाएको र एक दर्जन भन्दा धेरै सांसद दीर्घरोगी भएकाले स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरी पीसीआर परिक्षणको माग गरेको दाबी गरे । मंगलबार पार्टीका प्रमुख सचेतकले पीसीआर परिक्षण नगराई संसद चलाएको भन्दै ध्यानाकर्षण गराउँदासमेत अटेरी गरी बुधबार पुनः संसदको बैठक चलाएकाले एमालेले अवरुद्ध गरेको तर्क गरे ।

कार्य परामर्श समितिको बैठकको निर्णयपछि पीसीआर परिक्षणका लागि स्वास्थ्यकर्मीको टोलीलाई प्रदेश सभामा नै बोलाएर नमूना संकलन गरिएको छ । गण्डकी प्रदेशसभाका ६० जना सांसद र अन्य कर्मचारीको स्वाबको नमुना संकलन गरिएको छ । आज पीसीआरका लागि संकलन गरिएको स्वाबको बिहीबार १२ बजे भित्र रिपोर्ट आउने र १ बजेबाट बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप