शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरिँदै लकडाउनको दृश्य...

मङ्गलबार, १४ वैशाख २०७८, २१ : ३५
मङ्गलबार, १४ वैशाख २०७८

नेपालमा पहिलोपटक लकडाउन लागू हुँदा काठमाडौँबाट मानिसहरु हस्याङ–फस्याङ गर्दै आफ्नो पुर्ख्यौली घर फर्किएका थिए । एक वर्ष नबित्दै फेरि त्यस्तै कारुणिक दृश्य दोहोरिएको छ । कोरोना महामारीको दोस्रो लहरको चपेटामा परेसँगै देशका विभिन्न ठाउँमा विस्तारै लकडाउन गरिन थालिएको छ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुँदैछ । प्रशासनले काठमाडौँवासीलाई घर फर्किन दुई दिनको समय दिएको छ । त्यसैलाई सदुपयोग गर्दै यतिबेला मानिसहरु धमाधम घर फर्किन थालेका छन् । नयाँ बसपार्क क्षेत्रमा राति पनि घर फर्किनेहरूको चहलपहल उत्तिकै छ । हेरौँ सुवास श्रेष्ठले कैद गरेका केही तस्बिरहरुः  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप