शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माओवादीको प्रस्तावित नयाँ विधान : केन्द्रीय समिति २९९, महिला ३५ प्रतिशत अनिवार्य

मङ्गलबार, १४ वैशाख २०७८, १९ : ४७
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । संशोधित नयाँ विधानमा पार्टीको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्ने भएको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेगरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको छ ।  त्यस्तै माओवादीको केन्द्रीय कमिटीमा उत्पीडित दलितबाट १५ प्रतिशत सदस्य पुर्याइनेछ ।

साथै प्रदेश जिल्ला र पालिकामा हाल रहेकोमा २ प्रतिशत थप्ने भएको छ भने ४० बर्षका युवालाई २० प्रतिशतको हाराहारीमा सवै कमिटीमा जिम्मेवारी दिनेगरी नयाँ विधान बन्नेछ । माओवादीले अबदेखि सबै समितिको पदाधिकारीमा एक महिला अनिवार्य राख्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप