शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाउन माओवादीको माग

मङ्गलबार, १४ वैशाख २०७८, १० : ००
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्ने सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पारित गरेको एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।

माओवादी अध्यक्ष प्रचण्डले गत वर्ष पनि कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले सर्वदलीय संयन्त्रको मागबारे चासो दिएका थिएनन् । मंगलबारको बैठकले पत्रकारहरूमाथि सरकारले गरेको धरपकडको पनि विरोध गरेको छ । त्यस्तै, महामारीको नियन्त्रणमा स्वयं सेवकका रुपमा परिचालन हुन बैठकले पार्टी कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएको ती नेताले बताए ।  

मंगलबारको माओवादी बैठक विधान संशोधन प्रस्तावमा केन्द्रित भएको थियो । कार्यदलले तयार पारेको प्रस्ताव प्रचण्डको थप सुझावसहित पारित भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप