लुम्बिनी प्रदेशमा कोरोनाबाट एकै दिन ४ जनाको मृत्यु
मङ्गलबार, १४ वैशाख २०७८, १८ : १०
लुम्बिनी प्रदेशका विभिन्न ठाउँका कोरोना कारण एकैदिन ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुटवलका एक जना र नेपालगन्जमा उपचाररत थप तीन जनाको आज मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा मृत्यु भएको हो ।
यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उता नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी दाङ तुलसीपुरकी ७४ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशिक अस्पतालका बुटवलमा उपचारत रुपन्देहीको देवदहकी एक महिलाको पनि निधन भएको अस्पतालले जनाएको छ । आज बिहान अस्पताल भर्ना भएकी देवदह ६ रुपन्देही ५९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जनाए ।