स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने निर्णय
मङ्गलबार, १४ वैशाख २०७८, २१ : ००
सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउने मंगलबार स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय बैठकले निर्णय गरेको हो ।
यस्तै उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संख्या आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ । तर आकस्मिक उपचार भने सुनिश्चित गर्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बैठकले सघन उपचार तथा आकस्मिक उपचार सम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्यान मार्ने धम्कीपछि अन्नु कपुरले मागे प्रहरीसँग सुरक्षा
-
पालिकामा आउने अतिथिलाई चिया र कोल्ड ड्रिंक्सको साटो मोही
-
एमाले चितवनको अध्यक्षमा पाठक
-
इजरायली ट्याङ्कहरूद्वारा रफाहको अल-अवदा कब्जा
-
अनन्त–राधिकाको दोस्रो प्रि-वेडिङ समारोह आजदेखि : बजेट ५ सय करोड भारु
-
गण्डकीपछि कोशीको विवादमा के गर्ला सर्वोच्चले ?