बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, १४ वैशाख २०७८, १६ : ४१
मङ्गलबार, १४ वैशाख २०७८

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा १९७ जनामा कोरोना पुष्टी भएको हो । ३७० नमुनाको परीक्षण गर्दा थप १९७ जनामा कोरोना पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । कोरोना पुष्टी हुनेमा अधिकांश कैलालीको धनगढीका रहेको उनको भनाई छ ।

१७३ नमुनाको भने नेगेटिभ रिपोर्ट आएको श्रेष्ठले बताए । उनका अनुसार अहिले  भेन्टीलेटरमा २, आइसियुमा ११, अक्सिजन सपोर्टका २५ बिरामी उपचाररत रहेका छन् । सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुर बेदकोटका ४८ वर्षीय पुरुष र गौरीगंगा ५ कैलालीका ३५ वर्षीय पुरुष रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप