शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिंगटीको सेयर नेप्सेमा सूचीकरण, कतिमा हुन्छ कारोबार ?

मङ्गलबार, १४ वैशाख २०७८, १६ : २७
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा सूचीकरण भएको छ । यसको सेयर कारोबार अब बुधबारबाट हुनेछ ।  नेप्सेले सिंगटीको तोकेको ओपनिङ रेन्जअनुसार पहिलो कारोबार न्यूनतम एकसय  रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँको रेन्जमा रहेर हुनेछ ।

‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार हुनेछ । यस हाइड्रोपावरले चुक्ता पुँजीका आधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो । सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कूल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप